default_image

9 years ago

January 30, 2017

मलेसियामा आयोजकलाई हिमालयन गोल्डकप फुटबल उपाधि

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको हिमालयन गोल्डकप फुटबलको उपाधि आयोजक हिमालयन फुटबल क्लबले नै जितेको छ । डिकेएमभीएफसीलाई टाइब्रेकरमा हराउँदै हिमालयनले उपाधि जितेको हो । निर्धारित र थप समयमा ३–३ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरमा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

mala-football
उपाधिसँगै हिमालयनले १८ हजार आरएम (मलेसियन मुद्रा) प्राप्त गर्यो । डिकेएमभीएफसीले ९ हजार आरएम पायो । तेस्रो स्थानको हिमालयन फुटबल क्लब ‘बी’ ले ३ हजार आरएम हात पार्यो । विजयी टोलीका खेलाडीलाई राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, एनआरएन मलेसियाका अध्यक्ष विश्व राई राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्का र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले पुरस्कृत गरे ।
तीन दिन सम्म चलेको प्रतियोगिताको उद्घाटन नेपाली राजदूत डा निरञ्जन मानसिंह बस्नेतले गरेका थिए । आयोजक क्लबका अध्यक्ष सन्तोष कार्कीले भने ‘प्रतिभावान् खेलाडी खोज्नका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं । प्रवासमा पनि स्तरीय खेलाडीहरु छन् भन्ने सन्देश प्रतियोगिताको आयोजनाले दिएको छ । आगामी वर्ष पनि यसरी नै प्रतियोगिता आयोजना गर्नेछौ ।’
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान खड्काले विदेशी भूमिमा काम गर्न आएका प्रतिभावान् खेलाडीले यस्ता प्रतियोगिता मार्फत आफ्नो प्रतिभा देखाउने मौका पाउने बताए । ‘तपाईहरु विभिन्न कारणवस विदेशिनु भयो होला,’ उनले भने, ‘यस्ता प्रतियोगिताले प्रतिभा देखिनेछ । राष्ट्रिय टोलीका लागि देश–विदेशमा रहेका यस्तै प्रतिभाको खाँचो छ ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.