9 years ago
January 31, 2017
सिमरा (हाम्रो खेलकुद) – प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको आयोजक नव जनजागृति युवा क्लबले जनाएको छ । माघ २० गते हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र सरस्वती युथ क्लबबीच हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरी १० टिमको सहभागीता रहनेछ । प्रतियोगितामा ए डिभिजनका नेपाल आर्र्मीको त्रिभूवन क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् । प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले भने दुई लाख ५१ हजारमा रुपैयाँ पाउनेछ । प्रत्येक बर्ष पुरस्कार राशी बृद्धि गर्दै आएको आयोजकले यस बर्ष भने सो राशी बृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ ।
प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि उनिहरुलाई दिईने सुविधा बढाएको आयोजक क्लबका अध्यक्ष एवंम् प्रतियोगिता मुल आयोजक कमिटिका अध्यक्ष कासिम मियाले जानकारी दिए । प्रतियोगिताको सर्र्वाेत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् ।
यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्राप्त गर्ने सचिव शम्भुसिंह ठकुरीले बताए । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई ५ हजार रुपैयाँ पाउनेछन् । आयोजकले यस बर्ष खेल अवधीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ । अध्यक्ष मियाका अनुसार खेलाडी, रेफ्री, दर्शक, पत्रकार र प्रतियोगितामा खटिएका आयोजक क्लबका सदस्यको बिमा गरिएको हो ।
खेल अवधीमा घाईते भएमा ५० हजारसम्मको दुर्घटना बिमा र घाईते भई कसैको मृत्यु भएको पाच लाखसम्मको बिमा गरिएको अध्यक्ष मियाले बताए । झण्डै तीन महिनादेखी ५१ सदस्यीय मुल आयोजक कमिटि र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको आयोजकले खेल सञ्चालन गर्नका लागि आवश्यक सबै पूर्वाधार तयार पारेको छ ।
मैदान मर्मत, रंगशाला घेर्ने, प्यारापीट मर्मतलगायत सबै पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको अध्यक्ष मियाले बताए । यस क्षेत्रकै उत्सवको रुपमा रहेको प्रतियोगिता नजिकिदै गएपछि सिमरालगायत आसपासका चोकलाई सजाउन थालिएको छ । रंगशाला निर्माण, फुटवल एकेडेमी सञ्चालनलगायत खेलकुदको बिकास गर्ने विभिन्न उदेश्यसहित प्रत्येक बर्ष आ योजना भईरहेको प्रतियोगिता हेर्न दर्शक पनि उत्साहित भएका छन् ।
झण्डै ६८ लाख रुपैयाँ बजेट रहेको प्रतियोगितालाई बिजयी डिष्ट्रिलरीले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई सफल बनाउन विभिन्न उद्योग, उद्योगी ब्यवसायी, होटल, संघसंस्था र स्थानियले सहयोग पु¥याएका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]