9 years ago
January 31, 2017
पोखरा (हाम्रो खेलकुद) –सहारा क्लव पोखराले आयोजना गरेको १५ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भइसकेको छ । प्रतियोगिताको प्रचार प्रसारमा सघाउन रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आहा ! रारा गोल्डकप महापण्डित कार्यक्रम चलाएको थियो । त्यो कार्यक्रममा विजेता बन्नुभएका पोखरा २७ पुम्दीभुम्दीस्थित कालाबाङ घडेरीका अमृत पौडेललाई सोमबार टिभी हस्तान्तरण गरिएको छ ।

यस वर्षको आहा ! रारा गोल्डकपको उपाधि कसले चुम्ला ? भन्ने अन्तिम प्रश्नको सहि उत्तर मनाङमस्र्याङ्दीले जित्छ भनेर उत्तर दिनेमध्ये आइतबार विहान गरिएको गोलाप्रथाबाट बिजेता बन्नुभएका पौडेललाई रेडियोको नियमित कार्यक्रम ‘पोखरा कल–ईन’ कार्यक्रममा न्यू साउण्ड एण्ड भिजन, महेन्द्रपुल पोखराको तर्फबाट २२ ईन्चको एलजी एलईडी कलर टिभी प्रदान गरिएको हो ।
कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, सहारा क्लव पोखराका अध्यक्ष बिरभद्र आचार्य, महापण्डितका मूख्य प्रायोजक न्यू साउण्ड एण्ड भिजन महेन्द्रपुल पोखराका प्रोपाइटर मनोहर श्रेष्ठ, वल्र्ड भिजन मोवाइल हब ओपन हाउस कम्प्लेक्स चिप्लेढुङ्गाका प्रोपाइटर सुशिल गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक र रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले संयुक्त रुपमा बिजेता पौडेललाई टिभी हस्तान्तरण गर्नुभयो ।
सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले आहा ! रारा गोल्डकपमा प्रयोग भएको एकथान बल पनि महापण्डित पौडेललाई प्रदान गरे । बिजेता पौडेलले खुसी व्यक्र गर्दै खबर सुन्दा विश्वास गर्नै गाह्रो परेको सुनाए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]