2 years ago
April 7, 2024
एजेन्सी – इन्टर मियामी मेजर सकर लिग (एमएसएल) मा बराबरीमा रोकिएको छ। लियोनल मेस्सीले गोल गरेको आइतबारको खेलमा मियामीले अग्रता जोगाउन नसक्दा कोलोराडोसँग २-२ कोबराबरीमा रोकिएको हो।
मियामीका लागि मस्सी र अर्को गोल लियोनार्दो अलफन्सोले गरेका थिए। राफेल नाभारो र कोल बसेटले कोलोराडोका लागि गोल गरेका थिए।
नाभारोको पेनाल्टी गोलमा कोलोराडोले ४५ औं मिनेटमा अग्रता लिएको थियो। अघिल्लो खेल गुमाएका मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। मेस्सीले ५७ औं मिनेटमा गोल गर्दै मियामीलाई खेलमा फर्काएका थिए।

६०औं मिनेटमा अलफन्सोले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा मियामीले अंक बाड्नु परेको थियो। कोलोराडोका बसेटले ८८ औं मिनेटमा बराबरी गोल गर्दै टोलीलाई अंक दिलाएका थिए।
बराबरीपछि मियामीको ८ खेलमा १२ अंकसहित टोली तेस्रो स्थानमा छ। एक खेल कम खेलेको शीर्षस्थानको न्युयोर्क रेड बुल्सको १४ अंक छ। कोलोराडो ९ अंकका साथ १७औं स्थानमा छ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]