default_image

2 years ago

April 13, 2024

सुर्खेतमा योद्धा फुटबल एकेडेमी सन्चालनमा

658 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ४ योद्धा फुटबल एकेडेमी सन्चालनमा आएको छ।

नयाँ वर्षको पहिलो दिन शनिबार एकेडेमीको औपचारिक रुपमा सुरुवात गरिएको हो। त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी युद्ध शाहीको पारिवारिक लगानीमा एकेडेमी स्थापना भएको हो । सोही एकेडेमीमा हालै भएको प्रदेशको‌ यु १३ को छनोट भएको छ।

एकेडेमीमा हाल २५ जनाले प्रशिक्षण लिइरहेको बताइएको छ । हाल युद्धले प्रशिक्षण दिइरहेको र अब आर्मीका पूर्व खेलाडी बाबुकाजी धौवन्जारले प्रशिक्षण दिने बताइएको छ।

स्वस्थ नागरिक तयार गर्नुका साथै फुटबल खेलाडी उत्पादन गर्ने एकेडेमीको उद्देश्य रहेको युद्धका दाइ द्वन्द्व शाहीले जानकारी दिए। साथै युवा पिडिहरुलाई कुलतमा फस्नबाट जोगाउनका लागि पनि एकेडेमीको प्रयास सार्थक हुने विश्वास शाहीले लिएका छन्।

युद्ध र द्वन्द्वका बुवा पृथ्वीबहादुर शाही, आमा मुक्ति शाही, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष तथा कर्णाली फुटबल संघका कार्यवाहक अध्यक्ष प्रमोद हमाल,उक्तरपश्चिम पृतनापति कृष्ण देव भट्टले संयुक्तरुपमा एकेडेमीको‌ उद्घाटन गरेका थिए।

१३ कट्ठा बढी क्षेत्रफलमा फैलिएको एकेडेमीमा प्रशिक्षणको लागि एस्ट्रो टर्फ,फल्डलाइट चेम्जोङ रुम, अफिस रहेको‌ र भविष्यमा त्यसको विस्तार गरिने लक्ष्य रहेको युद्धले जानकारी दिए।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.