default_image

2 years ago

April 22, 2024

लिभरपुलको जितमा प्रिमियर लिग रोमान्चक

1189 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौड रोमान्चक बन्ने क्रम जारी छ । लिभरपुलले आइतबार फुलहममाथि उसकै मैदानमा ३-१ ले हराएपछि उपाधि दौड रोचक बनेको छ।

अघिल्लो दिन जित निकालेर शीर्ष स्थानमा पुगेको आर्सनल र लिभरपुलको समान ७४ अंक छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा छ ।

लिभरपुललाई जित दिलाउन ट्रेन्ट अलेक्सान्दर आर्नोल्ड,रायन ग्राभेनबर्च र डिएगो जोटाले गोल गरेका थिए।

३२औं मिनेटमा आर्नोल्डले लिभरपुललाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा फुलहमका टिमोटी कास्टाग्नेले गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरीमा भएको थियो।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा ग्राभेनबर्च गोल गरेका थिए। ७२औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका थिए।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.