default_image

1 year ago

June 21, 2024

युरो २०२४: युक्रेनको पुनरागमन जित

677 views

0 Bookmark

एजेन्सी – युरो २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकिया विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । डसेलडोर्फमा भएको समूह ई अन्तर्गतको खेलमा युक्रेनले २-१ को जित हार पारेको हो ।

१७औं मिनेटमा इभान स्क्रान्जलिए लुकास हरासलिनको क्रसमा हेडर मार्फत गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए ।

५४औं मिनेटमा युक्रेनका लागि माईकोला शापारेन्कोले बराबरी गोल गरे । ओलेकसान्दर जिन्चेन्कोको क्रसमा उनले बक्स भित्रबाट गोल गर्न सफल भएका थिए ।

८०औं मिनेटमा युक्रेनको विजयी गोल आयो । शापारेन्कोको सुन्दर पास नियन्त्रणमा।लिँदै रोमन यारेमचुकले गोल गर्दै युक्रेनको जित सुनिश्चित गरे ।

यूक्रेनको जित पछि समूह ई मा तीन टोलीको समान ३ अंक भएको छ । एक खेल खेलेको रोमानिया तथा समान २-२ खेल खेलेका स्लोभाकिया र युक्रेनको ३-३ अंक छ ।

स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई १-० ले हराएको थियो । बेल्जियम भने अंकविहिन छ । बेल्जियम र रोमानिया भोलि खेल्दै छन ।

युरो कपमा आज ९:४५ बजे समूह डी का पोल्यान्ड र अष्ट्रिया तथा राती १२:४५ बजे नेदरल्यान्ड्स र फ्रान्स भिड्ने छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.