1 year ago
June 29, 2024
एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् ।
नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए ।
स्विट्जरल्यान्ड समूह ए को उपविजेता बनेको थियो। पहिलो खेलमा हंगेरी विरुद्ध ३-१ को जित हासिल गरेको स्विट्जरल्यान्डले दोस्रो खेलमा स्कटल्याण्ड र तेस्रो खेलमा जर्मनीसँग समान १-१ को बराबरी खेलेको थियो ।
उता इटाली समूह बि मा दोस्रो रहेको थियो । अल्बानिया विरुद्ध २-१ को जितपछि स्पेन विरुद्ध १-० ले पराजित इटालीले अन्तिम खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा इन्ज्युरी समयको आठौ मिनेटमा इटालीले बराबरी गोल गरेको थियो ।
त्यस्तै आजै हुने दोस्रो प्रिक्वाटरफाइनलमा घरेलु टोली जर्मनी र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । जर्मनी समूह ए को विजेता रहेको थियो । जर्मनीले स्कटल्याण्डलाई ५-१ र हंगेरीलाई २-० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने जर्मनी स्विट्जरल्यान्ड विरुद्ध १-१ को बराबरीमा रोकिएको थियो ।
डेनमार्क समूह सि को उपविजेता हो । डेनमार्कले समूहमा इङ्ल्यान्ड, स्लोभेनिया र सर्बियासँगको तीन वटै खेलमा बराबरी खेलेको थियो । स्लोभेनियासँग गोलअन्तर र प्रहार गरेको गोल भएपछि पाएको पहेंलो कार्डका आधारमा डेनमार्क दोस्रो भएको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]