1 year ago
August 4, 2024
एजेन्सी – प्रि सिजन मैत्रीपूर्ण खेलमा आइतबार बार्सिलोनाले रियाल म्याड्रिडविरुद्ध जित निकालेको छ ।
अमेरिकाको मेटालाइफ रंगशालामा बार्सिलोनाले रियललाई २-१ ले पराजित गर्यो । बार्साको जितमा दुवै गोल पाउ भिक्टरले गरे । रियालका लागि निको पाजले सान्त्वना गोल फर्काए ।
खेलको ४२ औं मिनेटमा भिक्टरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले रोबार्ट लेवान्डोस्कीको पासलाई पोस्टको दिशा दिए ।
एलेक्स भ्यालको पासलाई सदुपयोग गर्दै ५४ औं मिनेटमा भिक्टरको दोस्रो गोलमा टोलीले अग्रता दोब्बर बनायो ।
पाउले ८२ औं मिनेटमा गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले अर्दा गुलरको पासलाई गोल गरेका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]