default_image

1 year ago

August 5, 2024

चितवन लिग- पानस र बिएफसी फाइनलमा

468 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

पानस युवा क्लब र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।

भरतपुर ७ कृष्णपुरको मैदानमा सोमबार सम्पन्न सेमिफाइनल खेल जित्दै पानस र बिएफसीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा पानसले माडी ११ विरुद्ध ५-१ को सहज जित निकाल्यो । पानसको जितमा सुमन गुरुङले २ तथा पदम नेपाली, रोमन थापा र सन्दीपले समान १ गोल गरे ।

सुमनले ३७ र ८० औं मिनेटमा गोल गरे । पदमले २२ औं, रोमनले ६१ औं र सन्दीपले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । माडीका रितेश क्षेत्रीले ७५ औं मिनेटमा एक मात्र गोल गरे ।

दोस्रो सेमिफाइनलमा बिएफसीले हर्दी युवा समाजलाई ३-१ ले हरायो । उसको जितमा सुमन आलेले २ र अर्को गोल सन्देश श्रेष्ठले गरे । हर्दीका सन्तोष थिङले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो। ५० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले अग्रता दोब्बर बनायो । ५१ औं मिनेटमा हर्दीका सन्तोषले गोल गरे ।

कमजोर प्रदर्शन गरेको हर्दीले उक्त गोलपछि खेलमा फर्किने संकेत गरे पनि बिएफसीले पुनः दबाब बनायो । इन्ज्युरी समयको दोस्रो मिनेटमा सन्देशले गोल गरेपछि बिएफसी ३-१ ले विजयी भयो ।

योसँँगै पानस र बिएफसी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुने भएका छन् । यस अघि लिग चरणमा यी दुई टोली भिड्दा पानसले २-० ले बाजी मारेको थियो ।

फाइनल बुधबार हुनेछ। विजेताले ट्रफीसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.