default_image

1 year ago

August 8, 2024

आर्मी गोवासँग खेल्दै

2071 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कपमा‌ आफ्नो दोस्रो खेल आज खेल्दैछ ।

समूह एफ मा रहेको आर्मीले दोस्रो खेलमा गोवा फुटबल क्लबको सामना गर्दैछ । आर्मी र गोवा बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ ।

आर्मी र गोवा दुवैको प्रतियोगितामा यो दोस्रो खेल हो । आर्मीले पहिलो खेलमा सिलाङ लाजोङसँग १-० ले पराजित भएको थियो ।

गोवाले पहिले खेलमा रंगदाजिद युनाइटेड फुटबल क्लबमाथि १-० को जित निकालेको थियो । आर्मीले समूह चरणको अन्तिम खेल साउन २९ गते रंगदाजिदसँग खेल्नेछ ।

आर्मी प्रतियोगिताको‌ अघिल्लो चरणमा पुग्नका लागि आजको खेल जित्नै पर्ने हुन्छ। उता, गोवा यो खेलमा जित निकाल्दै अर्को चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।

लिग चरणपछि हरेक समूहको विजेताले नकआउटमा पुग्नेछन् । त्यस्तै ६ समूह मध्येबाट उत्कृष्ट २ उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल‌ भदौ १५ गते हुनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.