default_image

9 years ago

February 7, 2017

रोहितको शानदार पुनरागमन

157 views

0 Bookmark

प्रकाश तिमल्सिना

काठमाडौं – रोहित चन्द नेपाली फुटबलले आशा गरेका एक प्रतिभाशाली खेलाडी हुन्। क्लब करियरसुरु हुनु अघिनै १७ वर्षको उमेरमा राष्ट्रिय टोलीको जर्सी लगाएका चन्दले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन्। तर व्यक्तिगत रुपमा अघिल्लो वर्ष उनका लागि पीडादायी रह्यो। नेपालले तिन अन्तराष्ट्रिय उपाधि जित्दा उनि टोलीमा थिएनन्। उनि घुँडाको चोटका कारण नौ महिना मैदान बाहिर रहनु पर्यो। उनि मैदान बाहिर रहेकै बेला नेपालले एएफसी सोलिडारिटी कप जितेर अहिलेसम्मकै ठुलो उपलब्धि हासिल गर्यो। तर उनि दर्शकमा मात्र सिमित रहे।

rohit-chand-3

तर अहिले दृश्य फेरिएको छ। उनी फेरी मैदान फर्केका छन्। गत साता पोखरामा भएको १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दि क्लबबाट उनी मैदान फर्किए। मनाङ मर्स्याङ्दि क्लबले प्रतियोगिताको क्वार्टरफाइनलमा ४-१को जित दर्ता गर्दा मिडफिल्डरका रुपमा उत्रेका रोहितले उत्कृष्ट खेल प्रदर्शन गरे। पहिलो खेलमा ६४ मिनेट खेलेका रोहितले मनाङको तेश्रो गोलका लागि असिस्ट पनि दिएका थिए। सेमिफाइनलमा डिफेन्डरका रुपमा उत्रिएका रोहितले म्यान अफ द म्याचको उपाधि जिते। मनाङले सो खेलमा संकटालाई १-०ले पराजित गरेको थियो।

फाइनल खेलमा डिफेन्डरका रुपमा मैदान उत्रिएका रोहितलाइ मनाङले गोल गर्न नसकेपछि प्रशिक्षकले खेलको ५५औं मिनेटमा मिडफिल्डमा खेलाए। उनकै सटिक प्रदर्शनको मद्दतले मनाङले फाइनल खेल १-०ले जित्यो र रोहितले आफ्नो क्लब करियरकै पहिलो उपाधि जिते। व्यक्तिगत विधामा पनि उनको केहि सम्भावना रहेको थियो तर त्यसमा आयोजक साहाराको वर्चस्व रह्यो।

rohit-chand-2

पोखरामा गरेको प्रदर्शनबाट सन्तुष्ट रहेका रोहितले मनाङबाटै झापा गोल्ड कप खेल्ने प्रतिवद्धता जनाए। झापा गोल्डकपको तिन खेलमा मिडफिल्डरको भूमिकामा देखिएका रोहितले प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जिते। मनाङले पहिलो खेलमा न्यु रोड टिम (एन.आर.टि)लाई ४-०ले हराएको मनाङले सेमिफाइनलमा आर्मीलाई १-० ले पराजित गर्यो। फाइनलमा आयोजक झापालाई १-०ले पराजित गर्दै रोहितले मनाङसंग लगातार दोश्रो उपाधि जिते।

गत बर्षको फेब्रुअरीमा मलेसियाको टि.टिम एफसीका लागि खेल्दा एसिएल चोट लागेपछि रोहितले उतै शल्यक्रिया गरेका थिए। त्यसपश्चात डाक्टरको सल्लाहअनुसार केहि महिना विश्राम लिएका रोहितले कोलकातामा गएर ग्राउण्ड रिकभरी  गरे। केहि महिना फिटनेसका लागि आफैं प्रशिक्षण गरेका रोहितले फुटबल मैदानमा फर्किन मनाङको साथ रोजे। लगातार दुइ प्रतियोगितामा मनाङलाई सफलता दिलाएका रोहितले आफ्नो पुनरागमन अझै पुरा नभएको बताए। ‘म खेलमा फर्किएको छु तर मैले आफ्नो तर्फबाट अझै दिन सक्छु जस्तो लाग्छ। समयसंगै आफ्नो प्रदर्शन सुधार गर्नेमा  विश्वस्त छु’, रोहितले भने।

चोटबाट मैदानसम्म आइपुग्दा आफुले धेरै मेहेनत गरेको र त्यसदौरान परिवार, साथीहरु र आफ्नो फिजियोको सहयोगले झनै हौसला मिलेको उनले बताए। उनले थपे,’चोटबाट पुनरागमन गर्ने दौरानमा मलाई धेरै तर्फबाट साथ पाएँ। विशेषत म फिजियोहरुलाई धन्यवाद दिन चाहन्छु। उहाँहरुको कारण नै  यति चाँडो र प्रभावकारी रुपमा मैदानमा फर्कने सकें।’

rohit-chand-1

खेलजीवनमा उतारचढाव आउने तर त्यसलाई कसरी हेर्ने भन्ने आफुमा भरपर्ने रोहितको बुझाई छ। ‘खेलाडी भएपछि चोट लग्नु सामान्य हो। कहिले ठुलो त कहिले सानो चोट आइरहन्छ, तर खेलाडीले कस्तो रुपमा चोटलाई लिन्छ त्यसमा उसको पुनरागमन भरपर्छ। मेरो लागि मैदानमा चाँडो फर्कनु भन्दा पूर्णरुपमा ठिक हुनु प्राथमिकता थियो’, उनले भने। नेपालको लागि निकै फलदायी रहेको सन् २०१६मा पूर्णरुपमा मैदान बाहिर रहेका रोहितले देशको लागि फुटबलले प्राप्त गरेको सफलतामा खुशी व्यक्त गरे। ‘चोटका कारण टोलीमा नहुँदा दुख त लागेको छ तर मेरो उपस्थित भन्दा देशले प्राप्त गरेको सफलता ठुलो हो। त्यसमा मलाई गर्व छ।’

‘फुटबलले देशमा खुशी ल्याउँदा म पनि एक आम दर्शक भएर त्यसको मजा लिएँ। तर अब मेरो पुनरागमन संगै राष्ट्रिय टोलीमा फर्केर थप त्यस्ता क्षण ल्याउन भने म एकदम दत्तचित्त भएर लाग्नेछु’, उनले भने ‘मेरो अहिलेको मुख्य लक्ष्य भनेको राष्ट्रिय टोलीमा पुनरागमन गर्नु हो। अहिलेको घरेलु प्रतियोगिताले मेरो त्यो लक्ष्यलाई पुरा गर्ने विश्वास लिएको छु।’

रोहितको पुनरागमनलाई लिएर सुबास हुमागाईंले तयार पारेको भिडियो:

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.