1 year ago
August 20, 2024
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड र भिल्लारियालले सोमवार बराबरी खेलेका छन् । घरेलु मैदानमा भिल्लारियलले एट्लेटिकोसँग २-२ को बराबरीमा रोकिएको हो ।
भिल्लारियलले २ पटकको अग्रता जोगाउन सकेन।भिल्लारियलका लागि अमौत दान्जुमाले १ गोल गर्दा एट्लेटिकोका कोकेले आत्माघाति गोल उपाहार दिए । एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले समान १ गोल गरे ।
१८औं मिनेटमा भिल्लारियालको लागि दान्जुमाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डि कोन्डेको पासमा गोल गरेका थिए । एट्लेटिकोका २०औं मिनेटमा एन्टोइन ग्रिजम्यानको पासमा मार्कोस लोरेन्टले बराबरी गोल गरे ।
३७औं मिनेटमा कोकेले आत्माघाति गोल गर्दा घरेलु टोलीले पुन: अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा एलेक्जेन्डर सार्लोथले २-२ को बराबरी गरे ।
सोमवार भएको खेलमा रियल भ्यालोडोलीले स्पानियललाई १-० ले पराजित गर्यो । ला लिगामा पहिलो चरणको खेल सम्पन्न हुँदा ४ क्लबले ३ अंक जोडेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]