default_image

1 year ago

September 14, 2024

अल नासर हारबाट जोगियो

820 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ । अल अहलीका अल-हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगिएको हो । नासरले अल अहलीसँग १-१ को बराबरी खेल्यो ।

अल-अवल पार्कमा सम्पन्न खेलमा अल अहलीका लागि फ्रान्क केइसीले गोल गर्दा नासरले भने १ गोल उपाहार स्वरुप पाएको थियो ।

अहलीका लागि ५७औं मिनेटमा केइसीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा अहलीका अल-हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगियो ।

बराबरीसँगै नासर शीर्ष स्थानमा उक्लिने मौकाबाट चुकेको छ। ३ खेलबाट ५ अंक जोडेको नासर छैटौं स्थानमा छ । समान खेलबाट ४ अंक जोडेको अहली नवौं स्थानमा छ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.