1 year ago
September 25, 2024
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित हासिल गरेको छ । रियलले मंगलवार अल्भेसलाई ३-२ ले पराजित गरेको थियो ।
घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन लुकास भ्याजकास,केलियन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए । भ्रमणकारी टोली अल्भेसका लागि कार्लोस बेनाविडेज र किके गार्सियाले गोल गरेका थिए।
खेलको पहिलो मिनेटमा नै रियलका लुकासले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४०औं मिनेटमा एम्बाप्पेको गोलमा रियलको अग्रता दोब्बर भएको । रोड्रिगोले ४८औं मिनेटमा गोल गर्दै रियलको अग्रता ३-० मा पुर्याएका ।
रियल सहज जित तर्फ उन्मुख हुदै थियो । तर, ८५औं मिनेटमा अल्भेसका लागि कार्लोसले गोल गर्दै अन्तर घटाएका थिए। त्यसको अर्को मिनेटमा नै किकेले गोल गरेपछि खेल रोमान्चक बनेको थियो।
अपराजित रियल ७ खेलमा १७ अंकका साथ दोस्रो स्थानमा छ । अल्भेस समान खेलमा १० अंकका साथ आठौं स्थानमा छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]