default_image

1 year ago

October 15, 2024

फ्रान्सको लगातार तेस्रो जित

451 views

0 Bookmark

एजेन्सी – फ्रान्सले युरोपियन नेसन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । फ्रान्सले सोमवार बेल्जियममाथि २-१ जित हात पार्यो ।

बेल्जियमको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले २ गोल गरे । बेल्जियमका लागि लोइस ओपेन्डाले १ गोल फर्काए।

खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो । फ्रान्सका लागि ३५औं मिनेट मुअनीले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा बेल्जियमका लागि ओपेन्डाले पेनाल्टी मार्फत १ गोल गरे । मुअनीले नै ६२औं फ्रान्सका लागि निर्णायक गोल गर्दै खेल जिताए ।

खेलमा फ्रान्सका केलियन एम्बाप्पेलाई भने विश्राममा थिए । खेलको ७६औं मिनेटमा औरेलिअन टिचौमेनीले रातो कार्ड पाएपनि बेल्जियमले त्यसको फाइदा उठाउन सकेन ।

यसै समूहको अर्को खेलमा इटालीले इजरायललाई ४–१ ले हराएको छ ।

समूह ए को २ मा इटालीको ४ खेलबाट १० अंक रहेको छ । इटाली शीर्ष स्थानमा रहँदा ९ अंकको फ्रान्स दोस्रो स्थानमा रह्यो । ४ अंकको बेल्जियम तेस्रो स्थानमा र इजरायल बिना अंक पुछारमा छ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.