1 year ago
October 17, 2024
सन्जोग चाम्लिङ राई
प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन ।
पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी खेलाडीको तलब शुन्य हुनु पर्छ । तर……
नेपाली फुटबलको प्रवृत्ति हलुङ्गे जस्तै छ । हलुङ्गे भनेको एल्मुनियम वा सिलाबर । हलुङ्गेलाई तातिन धेरै समय लाग्दैन, न त चिसिनलाई नै लाग्छ । महासचिवको तलब जब २ हजार अमेरीकी डलरले बढाउने निर्णय भयो, नेपाली फुटबल हलुङ्गेझैँ तातियो । लगत्तै बिर्सियो पनि ।
नेपाली फुटबलको यो हलुङ्गे प्रवृत्ति यति हलुका छ कि मठाधिशहरुलाई कुनै निर्णय गर्न सामान्य विवेक र लोकलाजको आवश्यकता नै पर्दैन । एन्फालाई थाहा छ , एक दिन हल्ला हुन्छ अनि सकिन्छ ।
नेपाली फुटबल बिरामी भएर ओछ्यानमा लडिरहेको छ, जसलाई सामान्य उपचारले सन्चो बनाउन सम्भव नै छैन । गम्भीर शल्यक्रियाको खाँचो छ । फुटबल ओछ्यानमा लडिरहेको छ, एन्फा बहुमतले महासचिव एक्लोको तलब बढाई रहेको छ । एन्फामा कार्यरत अन्य कर्मचारीहरुको तलब बढ्यो कि बढेन भनेर कुनै समाचार पढ्न पाईएको छैन । यस कुरामा महासचिव आफैले तदारुकता देखाउलान् या लड्लान् । थोरै आशा गरुम् ।
एन्फा महासचिवको तलब बढेको समाचार खासमा खुसीको कुरा हो जसले एन्फा आर्थिक रुपमा सबल भएको जनाउ दिन्छ । प्रश्नहरु छन्, के एन्फा आर्थिकरुपमा सबल भएको हो ? आफ्नै स्थायी आर्थिक स्रोतको निर्माण गरेको हो ? खेलाडीहरुको विगतको सबै पुरस्कार राशीहरु हस्तान्तरण गरी सकेको हो ?
तलब वृद्धिको प्रतिरक्षामा महासचिवको एउटा बडो गज्जबको तर्क पनि सुन्न पाइयो कि अरु देशहरु हेरेर एन्फा महासचिवको तलब धेरै होइन । उहाँलाई प्रति प्रश्न छ, के अरु देशको फुटबलको हालत पनि हाम्रो जस्तै नाजुक नै छ ?
एन्फा आर्थिकरुपमा जर्जर अवस्थामा रहेको तथ्य एन्फाकै मठाधिशहरुको मुखबाट चुनाव अगाडिदेखि नै सुन्दै आईरहेको हो । गतिविहिन नेपाली फुटबलको आवश्यकता महासचिवको तलब वृद्धि हुँदै होइन । हेटौंडाको घनचक्करले एन्फामा सिईओ पनि नियुक्त छन् । अझ डिपुटी सिईओ पनि भर्खर नियुक्त भएका छन् । कस्तो उदेकलाग्दो दृश्य !
नेपाली फुटबलको सन्तुष्टजनक विकास गरेको अहम् भूमिकाको आधारमा एन्फा नेतृत्वले महासचिवको तलब वृद्धि गरेको सुन्न पाएको भए क्या गज्जब हुन्थ्यो । तलब वृद्धिको मुख्य आधार यो भन्दा अरु के हुन्थ्यो ? बस्ने घर छाप्रो हुनेले फरारी कार खरिद गर्नु ठीक होेइन । उखान नै छ , घाँटी हेरेर हाड निल्नु । कठैबरा एन्फा !
बढ्न त राष्ट्रिय खेलाडीको तलब पनि बढ्यो, जसमा खुसी हुनुपर्ने खास कारण छैन । फुटबलको विश्वव्यापी मान्यताले के भन्छ भने, जुन देशको फुटबल संघले खेलाडीलाई मासिक तलब दिन्छ त्यहाँको फुटबल अवस्था र संरचना कमजोर छ भन्ने जनाउ दिन्छ ।
एन्फाले त्यही नेपाली फुटबलको कमजोर संरचना र अवस्थालाई आफै प्रमाणित मात्र गरी रहेछ ।
गुह्य तथ्य के हो भने, खेलाडीको तलब वृद्धि महासचिवको तलब वृद्धिको लाज ढाकछोप गर्ने एन्फाको ट्याक्टिकल फाउल मात्र हो । यति कुरा बुझ्न भिएआरको आवश्यकता नै पर्दैन ।
केही समय अगाडि अन्जन विष्टको अन्तर्वार्ता हाम्रो खेलकास्टमा प्रसारण भयो । उनले खेल्ने वातावरण होस् भन्ने कुरा मात्र गरेका छन् । नियमित लिग होस् भन्ने उनको प्रष्ट कामना छ । नेपालको फुटबल खेलाडीहरु सम्भवतः विश्वकै सोझो खेलाडीहरु हुन् , जो दशकौँदेखि नियमित लिगको कामना गरीरहेका छन् । हिजोको पुस्ताले जे कामना गरे, अहिलेको पुस्ताले पनि त्यही कामना गरी रहेका छन् ।
विश्व फुटबललाई हेर्ने हो भने अहिलेको विश्व प्रसिद्ध खेलाडीहरु धेरै खेल भएर खेल संख्या घटाउनु पर्छ भनेर सार्वजनिक अभिव्यक्ति नै दिन थाली सके । उता धेरै खेल भएर खेलाडीहरु विरोध गर्न थाली सके, यता हाम्रो नियति जस्ताको त्यस्तै । अनि यहीँ हुन्छ तलब वृद्धिको तिकडमबाजी ।
जहाँ खेलाडीको माग र चाहाना एउटा नियमित लिगको हुन्छ, त्यहाँ खेलाडीको तलब वृद्धि गरेर लाज ढाकछोप गर्ने काम एन्फाले गर्छ । अनि कुन आधारमा टेकेर महासचिवको तलब वृद्धि गरिन्छ ? यो ठाडो प्रश्न एन्फा नेतृत्वलाई । जाडोले मर्न लागेको व्यक्तिलाई मासुभात दिएर प्राण धानिन्छ ?
राष्ट्रिय टिमको खेलाडीहरुको तलब बढाएर नेपाली फुटबलले गति र दिशा पाउँछ भने स्थायीरुपमा लिग बन्द गरेर तलब लाखौं बनाए भयो त ! अनि यही नयाँ फुटबल विकासको सुत्र एन्फाले विश्व फुटबललाई दिएर सबैलाई चकित बनाउनु !
व्यवस्थित लिगको नियमित आयोजना र संचालन गर्नु भन्दा अहिलेको लागि अर्को विकल्प छँदै छैन । एउटा नियमित फुटबल क्यालेण्डरको विकास गरी वर्षभरी खेलाडीहरुलाई व्यस्त बनाएर राष्ट्रिय टिमको खेलाडीहरुको तलब बन्द गर्न सकेको खण्डमा नेपाली फुटबलले एउटा गति र दिशा पक्रिन सक्छ । त्यो एउटा फुटबल विकासको बलियो सूचक बन्नेछ ।
अनि त्यसपछि हामी लेख्नेछौं : महासचिवको तलब १० हजार डलर हुनुपर्छ!
संघारमै छ, साफ महिला च्याम्पियनसीप । चेलीहरुलाई शुभकामना ।
यस्तै यस्तै ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]