1 year ago
October 22, 2024
एजेन्सी – साउदी अरबको अल-हिलालसँग साविक विजेता युएईको अल-ऐनले एसियन च्याम्पियन्स लिग एलिटमा पराजित भएको छ ।
ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमवार भएको खेलमा हिलाल ५-४ ले विजयी भएको हो ।
अल हिलालको जितमा सलेम अल–दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका लागि भने सौफियनी रहिमीले ह्याट्रिक गर्दा माटेओ सानाब्रियाले १ गोल गरे ।
खेलको २६ औं मिनेटमा लोदीले गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाए । ऐनका लागि ३९औं मिनेटमा रहिमीले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा साभिचले गोल गर्दै हिलाललाई पुनः अग्रता दिलाए । लगत्तै दौसारीले पहिलो गोल गर्दै हिलालको अग्रता ३-१ मा पुर्याए ।
६३औं मिनेटमा सानाब्रियाले गोल गर्दै अल–ऐनलाई ३-२ को स्थितिमा ल्याए। तर, त्यस लगत्तै दौसारीले गोल गर्दै हिलालको अग्रता ४-२ मा पुर्याए । रहिमीले ६७ औं मिनेटमा दोस्रो गोल गर्दै ऐनलाई ४-३ मा पुर्याए । तर, ७५औं मिनेट दौसारीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे र हिलाल ५-३ को स्थितिमा पुग्यो ।
अली अल बुलाहयीले ८२औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेपछि हिलालमाथि दबाब बढेको थियो । इन्ज्युरी समयमा पेनाल्टी पाएपछि रहिमीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
चोट मुक्त भएर पुनरागमन गर्ने क्रममा ब्राजिलियन स्टार नेयमार ७७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिलाल तीन राउन्डपछि ९ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । ऐन समान खेलबाट १ अंकसहित ११औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]