default_image

1 year ago

October 27, 2024

पहिलो हाफमै बंगलादेशको ५ गोल!

4211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५ गोल गरेको छ ।

बंगलादेश पहिलो हाफमा ५-१ को अग्रता लिन सफल भयो । बंगलादेशका लागि कप्तान सविना खातुन र तोहुरा खातुनले २-२ तथा ऋतु पोर्ना चक्माले १ गोल गरे । भुटानले डेकी ल्हाजोमले १ गोल फर्काइन् ।

खेलको सातौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । ऋतुले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली लिएको प्रहारमा गोलरक्षक संगिता मोंगर बलसम्म पुग्न सकिनन् ।

११ औं मिनेटमा ऋतुकै क्रसमा सागोरिकाको हेडरलाई भुटानकी दोर्जी इडोनले गोललाइनबाट हेडर क्लिअरेन्स गरिन् ।

१५ औं मिनेटमा तोहुराले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक मोंगर सहजै बिट भइन् । २५ औं मिनेटमा सविनाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । लगत्तै मोनिका चक्माको पासमा सविनाले फिनिस गर्दै बंगलादेशलाई ३-० ले अघि बढाइन् ।

३६ ओं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । पेनाल्टी क्षेत्र बाहिरबाट उनको फितलो प्रहारमा गोलरक्षक संगिता बिट भइन् । लगत्तै सविनाले पनि व्यक्तिगत दोस्रो गोल गरिन् । गोलरक्षक रुप्ना चक्माको गोलकिकमा दुवै सेन्टर डिफेन्डर झुक्किन पुग्दा सविनाले एक्लै बल बढाएर गोलरक्षक समेत छलाउँदै गोल गरिन् ।

४१ औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल फर्काइन् । छिरिङ ल्हादेनको क्रसमा डेकीको प्रहार गोलरक्षक रुपनालाई लाग्दै गोल भयो ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल साँझ ६:३० बजे नेपाल र भारतबीच हुनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.