default_image

9 years ago

February 13, 2017

सरकारद्वारा फुटबल खेलाडी सम्मानित

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरेको छ।

pm-felicitation

नेपाल सरकारले खेलाडीहरु र मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जनही ३ लाख प्रदान गरेको थियो। सहायक प्रशिक्षक राजु काजी शाक्यले २ लाख र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसालले जनही ५०/५० हजार रुपैयाँ पाएका थिए। सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो ।

शुक्रबार पुरस्कार दिने भनिएपनि अन्तिम समयमा उक्त कार्यक्रम नहुने भएपछि आजको लागि सारिएको थियो। कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको त्यो नै पहिलो थियो । त्यहि सफलताका कारण र ग्वामले नखेल्ने भएपछि नेपालले एएफसी एसियन कपको छनोटमा मौका पाएको थियो । सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई एन्फाले पनि जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ रहेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल टोलीका सदस्य थिए ।

आज भएको कार्यक्रममा युरोपमा प्रशिक्षणरत बिमल घर्ति मगर र अन्जन बिष्ट, माल्दिभ्समा रहेका किरण चमेजोङ र आर्मीका विकेश कुथु उपस्थित हुन सकेनन। हेमन गुरुङ भने उदयपुर गोल्डकपमा हिमालयन शेर्पाको लागि खेल्दै गरेका कारण उपस्थित भएनन्। उनीहरुको सम्मान पत्र व्यवस्थापक विराटजंग शाहीले ग्रहण गरिदिएका थिए।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.