9 years ago
February 15, 2017
पोर्चुगल (हाम्रो खेलकुद)- युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको प्रि क्वार्टर फाईनल राउण्डको पहिलो लेगमा पोर्चुगीच क्लब बेन्फिकाले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई १-०ले पराजित गरेको छ। घरेलु टोलीको लागि एक मात्र गोल कोस्टास मित्रोग्लुले गरेका थिए।
युरोपियन प्रतियोगिताहरुमा राम्रो छाप छोड्न दुवै टोलि खेल अगाडि खेलाडीहरुको चोटले तनाबमा थियो, बेन्फिकाका ब्राजिलियन फरवार्ड जोनास र लोपेज घाइते तथा जिकोविच प्रतिबन्धमा थिए। पाहुना टोलीका स्टार खेलाडी मारियो गोट्ज़े खेल अगाडीको फिटनेस टेस्ट पास गर्न असफल भएपछि बेन्डर, साहिन र रोड़ेसंगै खेल गुमाउन पुगे।
खेलको पहिलो हाफमा कुनै गोल हुन नसकेंपनी दोस्रो हाफमा ४८औ मिनेटमा गोल गर्दै कोस्टास मित्रोग्लुले घरेलु टोलीलाई आग्रता दिलाए। डर्टमुण्डले पछाडि परेको १० मिनेटपछिनै बराबरी गर्ने मौका पाउदा सदुपयोग गर्न सकेन, ५८औ मिनेटमा औबामियांगले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन। घरेलु टोलीकालागि किपर एडरसेनले उत्कृष्ट प्रदर्शन गरेका थिए, उनले खेल आफ्नो कब्जामा राखेको जर्मन टोलीलाई गोल गर्ने कुनै प्रहार सफल हुन दिएनन्। डर्टमुण्ड र बेन्फिका बिचको दोस्रो लेगको खेल दुई साता पछी हुने छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]