9 years ago
February 16, 2017
म्युनिख (एजेन्सी)– च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा गएराती बायर्न मुनिखले आर्सनलमाथी ५–१ को फराकिलो अन्तरको जित हासिल गरेको छ ।

पहिलो हाफमा १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा बायर्न पूर्ण रुपमा हावी रह्यो । घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँदै अघि बढ्न आर्सनलका लागि असम्भव प्राय देखिएको छ ।
खेलको ११ औं मिनेटमा मिनेटमा आर्यन रोबेनको गोलबाट बायर्नले अग्रता लिएपनि एलेक्सेस सान्चेजले ३० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । पेनाल्टीमा गोल गर्न चुकेपनि पछि त्यहि रिबाउन्डमा उनी गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफ म्युनिखका नाममा रह्यो । ५३ औं मिनेटमा रोर्बेट लेवान्डोस्कीले गोल गरे भने ५६ औं र ६३ औं मिनेटमा थिएगो अल्कन्टरको र्दु गोल गर्दै बायर्नको अग्रतालाई थप बलियो बनाए । परिवर्तित खेलाडकिा रुपमा मैदान प्रवेश गरेका थोमस मुलरले खेल सकिनु दुई मिनेटअघि गोल गर्दै आर्सनलमाथिको जितलाई थप फराकिलो बनाए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]