default_image

1 year ago

November 24, 2024

म्यानचेस्टर सिटीमाथि टोटेनहमको सानदार जित

1070 views

0 Bookmark

एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीमाथि सानदार जित दर्ता गरेको छ । टोटेनहमले सिटीलाई उसकै घरेलु मैदानमा ४–० को लज्जास्पद हार चखाएको हो ।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनन जोन्सनले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

खेलको २०औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोटेनहमलाई अगाडि बढाए । उनले डिजान कुलुसेभ्स्कीको पासलाई सदुपयोग गरे । २०औं मिनेटमा म्याडिसनले कप्तान ह्युङ मिन सनको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दा टोटेनहम पहिलो हाफमा २–० ले अघि बढ्यो ।

५२औं मिनेटमा पेड्रो पोरोले गोल गरेपछि सिटी खेलमा ३–० ले पछि पर्यो । टोटेनहम यतिमै रोकिएन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा परिवर्तित खेलाडी ब्रेननले गोल गर्दै सिटीलाई ४–० को लज्जास्पद हार चखाए । ६३औं मिनेटमा सनको स्थानमा मैदान छिरेका ब्रेननले टिमो वेर्नरको पासलाई सदुपयोग गरेका थिए ।

सिटीको यो लगातार पाँचौं हार हो । सन् २००६ पछि सिटी लगातार पाँच खेलमा पराजित भएको यो पहिलो पटक हो । २७ अक्टोवरमा साउथह्याम्टनलाई १–० ले हराएयत सिटीले लगातार पाँच खेलमा हार बेहोरेको छ ।

यस्तै घरेलु मैदान इतिहादमा पेप ग्वार्डिओलाको सिटीको ५२ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । ३१ अक्टोवरमा इएफएल कपमा टोटेनहमसँगै २–१ ले पराजित भएको सिटी त्यसपछि बर्नमाउथ, स्पोर्टिङ सिपी र ब्राइटनसँग पराजित भएको थियो ।

यस जितसँगै टोटेनहम १२ खेलबाट १९ अंक जोडेर छैटौं स्थानम उक्लिएको छ । समान १९ अंक नै रहेपनि नटिङहम फरेस्ट र एस्टन भिल्ला गोल अन्तरमा पछि छ ।

पछिल्लो पाँच खेलमा पराजित भएको सिटी १२ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटी शीर्षस्थानको लिभरपुलसँग ५ अंकले पछि छ । लिभरपुलले अझै एक खेल कम खेलेको छ ।

शनिबार नै चेल्सीले लेस्टर सिटीलाई २–१, आर्सनलले नटिङघम फरेस्टलाई ३–०, ब्राइटनले बर्नमाउथलाई २–१ र वल्भ्सले फुलहमलाई ४–१ ले हराउँदा एस्टन भिल्ला र क्रिस्टल प्यालेसले २–२ गोलको तथा एभरटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.