1 year ago
December 1, 2024
एजेन्सी – चेल्सी इङ्लिस प्रिमियर लिग आइतवार विजयी भएको छ। स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको हो।
सातौं मिनेटमै निकोलस ज्याक्सनले गोल गर्दै अग्रता दिलाए। ३६औं मिनेटमा कोल पाल्मरको पासमा एन्जो फर्नान्डेजले गोल गरे। नोनी मडुकेको पासमा ८३औं मिनेटमा पाल्मरले गर्दै चेल्सीको जित पक्का गरे।
१३ खेलमा २५ अंकसहित चेल्सीले तेस्रो स्थानमा छ । भिल्ला १९ अंकसहित १२औं स्थानमा छ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४-० हराएको छ। युनाइटेडका लागि मार्कस रासफोर्ड र जोसुआ जिर्कजीले समान २ गोल गरे ।
१३ खेलपछि १९ अंक जोड्दै युनाइटेड तालिकामा नवौं स्थानमा पुगेको छ। ११ अंकसहित एभर्टन तालिकाको १५औं स्थानमा छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]