9 years ago
February 18, 2017
चितगोङ (हाम्रो खेलकुद) – शनिबारबाट शुरु भएको दोस्रो संस्करणको ‘शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७’ को समूह चरणको पहिलो खेलमा नेपालको मनाङ–मस्र्याङ्दी क्लबले बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ।

तस्बिर: दिल/एन.एस.जे.एफ
खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ। आइतबार नै समूह ‘बी’ को अर्काे खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र शाहिन आस्मायी बीच साँझ सात बजे खेल हुनेछ। घरेलु फुटबलमा यस सिजन निकै नै उत्कृष्ट प्रदर्शन गरिरहेका मनाङ पहिलो खेलमा सकरात्मक नतिजा निकाल्ने लक्ष्यसहित मैदान ओर्लने पक्का छ। आठ राष्ट्रिय खेलाडी सम्मिलित मनाङले पहिलो खेलमा मोहमोदेनलाई पराजित गर्दै प्रतियोगिताको सुखद शुरुवात गर्ने अभियानमा हुनेछ।
यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षण राम्रो भएको बताउदै सेमिफाइनल पुग्न आइतबारका खेल जित्नै पर्ने बताए। ‘हामीलाई विपक्षीको बारेमा राम्रोसँग जानकारी छैन। घरेलु मैदानको एडभान्टेज मोहमोदेनलाई छ।’ कप्तान अनिलले भने, ‘तर, हामी उनीहरुबाट तीन अंक लिदै सेमिफाइनल यात्रालाई सहज बनाउने छौं।’ यस्तै कप्तान अनिलले मौसमले खेललाई खासै प्रभाव नपार्ने बताए। यसअघि मनाङको समूह चरणको पहिलो र दोस्रो खेल साँझ सात बजेका लागि तय भएको थियो। तर, आयोजकले बिहिबार मनाङको खेल समय दिउसो चार बजेका लागि सारेको थियो। हरेक पोजिसनमा उत्कृष्ट खेलाडी भएका कारण हामीलाई कुनै गाह्रो नहुने बताए।
फिजियो सञ्जित खड्काले खेलाडीहरु पूर्ण रुपमा फिट रहेको बताए। मनाङले मोफसलका पछिल्ला ५ खेलमध्ये तीन खेलमा उपाधि जितेको थियो। दुईपटक उपाधि जित्नबाट बञ्चित भएको थियो। खप्तड गोल्डकप, आहा रारा गोल्डकपपछि मनाङले दुई साताअघि झापा गोल्डकप जितेको थियो।
यता मोहमोदेन अवहनी लिमिटेडका मुख्य प्रशिक्षक काजी जोशीमुद्दिन अहमेद जोशीले नेपाली क्लब मनाङसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए। पक्कै पनि मनाङ बलियो टिम हो। तर, मनाङविरुद्ध हामी उत्कृष्ट खेल पस्कनेछौं। प्रशिक्षक अहमेद जोशीले भने। मोहमोदेन बंगलादेश प्रिमियर लिगको १० औं स्थानको क्लब हो।
मनाङले समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानको शाहिम आस्मायीसँग तथा समूह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ अवहनी लिमिटेडसँग खेल्नेछ। समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ। नेपालको प्रतिद्धन्द्धी क्लब मोहमोदेन स्पोर्टिङ क्लब (बंगलादेश) मोहमोदेन स्पोर्टिङ क्लबले पहिलो संस्करणमा सेमिफाइनलसम्म पुग्न सफल टिम हो। टिममा अहिले अघिल्लो संस्करणकै खेलाडीहरुको बाहुल्यता छ। मोहमोदेन यस सिजन बंगलादेश प्रिमियर लिगको दशौं स्थानमा लिग सकाएको थियो। मोहमोदेन १५ पटकको लिग च्याम्पियन क्लब हो।
शाहिन आस्मायी (अफगानिस्तान) सन् २०१२ मा स्थापित शाहिन आस्मायी अफगानिस्तान प्रिमियर लिग च्याम्पियन टिम हो। पाँच राष्ट्रिय खेलाडी सम्मिलित आस्मायीले यस प्रतियोगितालाई एएफसी कपको तयारीको रुपमा लिएको छ। नेपालको थ्रीस्टारसँगै प्ले अफ खेलेको आस्मायी दोस्रो चरणको तयारीमा छ।
चितगोङ अवहनी लिमिटेड (बंगलादेश) आयोजक चितगोङ अवहनी लिमिटेड प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टिम हो। स्थानीय खेलाडी सम्मिलित चितगोङ अवहनीले सन् २०१३ मा बंगलादेश प्रिमियर लिग जितेको थियो। तर, यसवर्ष मोहमोदेन दोस्रो स्थानमा सीमित रह्यो।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]