9 years ago
February 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको क्लब टि.सी. स्पोर्ट्स क्लबबाट विजयी सुरुवात गरेका छन्।

केहि साता अघीमात्र माल्दिभ्स पुगेका किरणले ट्रस्ट एण्ड केयर स्पोर्ट्स क्लबसंग अनुबन्धन गरेका थिए। आज भएको सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ अन्तर्गत समूह ‘ए’को दोश्रो खेलमा ढाका अबहानीलाई १-०ले पराजित गर्दै किरणले विजयी सुरुवाट गरेका हुन्।
खेलको १६औं मिनेटमा इब्राहिमले गरेको एकमात्र गोल जितको लागि पर्याप्त रहेको थियो। अबहानीले केहि राम्रो आक्रमण गरेपनि किरणले उत्कृष्ट प्रदर्शन गर्दै टि.सी. स्पोर्टसलाई जिततर्फ डोर्याएका थिए।
प्रतियोगिताको लागि ६ मैत्रीपूर्ण खेल खेलेर बंगलादेश पुगेको टि.सी. स्पोर्ट्सका प्रशिक्षकले उपाधि जित्ने सुरमा प्रतियोगितामा सहभागी भएको बताएका छन्। नेपालको क्लब मनाङ मर्स्याङदि क्लब प्रतियोगिताको समूह ‘बि’मा रहेको छ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]