default_image

7 years ago

February 18, 2017

टाइ ब्रेकरमा काँकरभिट्टालाई हराउदै रुपन्देही सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद) – काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई टाइ ब्रेकरमा हराउदै उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का गर्न सफल भएको छ । दोस्रो हाफमा काँकरभिट्टाका कप्तान गिल्सन लिम्बुको गोलमा पछी परेको रुपन्देहीले ७६ मिनेटमा कालु थापाको गोलमा बराबरी गर्दै खेललाई टाइ ब्रेकरमा धकेलेको थियो । उदयपुर […]

23 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – काँकरभिट्टा ट्रेनिङ सेन्टरलाई टाइ ब्रेकरमा हराउदै उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ४ मा स्थान पक्का गर्न सफल भएको छ ।

दोस्रो हाफमा काँकरभिट्टाका कप्तान गिल्सन लिम्बुको गोलमा पछी परेको रुपन्देहीले ७६ मिनेटमा कालु थापाको गोलमा बराबरी गर्दै खेललाई टाइ ब्रेकरमा धकेलेको थियो ।

उदयपुर गोल्डकपको फाइनलमा पनि टाइ ब्रेकरमा जित हासिल गरेको रुपन्देहीले काँकरभिट्टाबिरुद्ध पनि टाइ ब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न रुपन्देहीले टाइ ब्रेकरमा ३-१ ले जितेको हो ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.