default_image

9 years ago

February 20, 2017

बुढासुब्बा रुस्लान गोल्डकपमा एपिएफ र संकटा भिड्दैै

110 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) — सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लब र सिएमजी क्लब संकटाबीच सोमबार १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल हुँदैछ ।

apf-vs-sankatधरानमै पुसमा राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कुनै पनि प्रतियोगिताको फाइनल पुग्न नसकेको एपिएफले धरानमा सोझै क्वार्टरफाइनलमा मौका पाएको थियो । उता संकटाले भने गत महिना रुस्लान सिमरा गोल्डकपको उपाधि जितेको थियो । यद्दपी टोली उदयपुर गोल्डकपमा भने सेमिफाइनल भन्दा अघि बढ्न सकेन । बुढा सुब्बामा पहिलो खेल जित्दै संकटा अन्तिम आठमा पुगेको थियो । यी दुई ए डिभिजन टोलीबीचको खेल धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो हुनेछ ।

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आइतबार कास्की ११ लाई ३–० ले हराउँदै आयोजक धरान फुटबल क्लब निलो सेमिफाइनलमा पुगेको थियो । उदयपुर गोल्डकप च्याम्पियन रुपन्देही ११ पनि यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । झन्डै ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउने क्लबले जनाएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.