9 years ago
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो मध्यपुर थिमी नगरपालिका कप स्कुल स्तरीय फुटबल प्रतियोगितामा मंगलबार दुवै खेलको नतिजा टाइब्रेकरबाट निस्केको छ । अलग अलग खेलमा जेनिथ एकेडेमी र नवरत्न स्कुलले सफलता प्राप्त गरेका छन् ।

थिमी मैदानमा जेनिथले हिमचुली एकेडेमीलाई टाइब्रकेरमा ४–२ ले हराएको थियो । त्यसअघि खेल १–१ को बराबरीमा टुंगिएको थियो । निर्धारित ७० मिनेटका खेलमा जेनिथका लागि रोधन गुरुङले र हिमचुलीका लागि निमा तामाङले गोल गरे । जेनिथका रोधन म्यान अफ दी म्याच चुनिए ।
अर्को खेलमा नवरत्नले नौलो ज्योति स्कुललाई टाइब्रेकरमा ५–४ ले हराएको थियो । त्यो खेलमा पनि निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । न्यौलो ज्योतिका सोनिश श्रेष्ठ र सनम धोजुले नवरत्नका लागि गोल गरेका थिए । नवरत्नका सनम खेलको म्यान अफ दी म्याच घोषित भए ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]