default_image

11 months ago

January 27, 2025

मच्छिन्द्रलाई सडन डेथमा हराउँदै संकटमा फाइनलमा

1486 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मच्छिन्द्र क्लबलाई सडन डेथमा हराउँदै संकटा क्लब सभापति कप फुटबल प्रतियोगिताको प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको टाइब्रेकरमा ४-४ को बराबरी पछि सडन डेथमा संकटाले बाजी मारेको थियो। समग्रमा संकटा ८–७ को रोमाञ्चक जित निकाल्न सफल रहेको थियो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो। संकटाका कप्तान तथा गोलरक्षक दीप कार्कीले आयुष घलानको प्रहार बचाउँदै खेलमा निर्णायक भूमिका खेले। मछिन्द्रका लागि दयानन्द सिंहको प्रहार भने बाहिरिएको थियो।

संकटाका लागि सडन डेथमा इमान बोएटाङले निर्णायक पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। संकटाका अन्य राम थापा, श्रीजन क्षेत्री, सन्तोष खत्री, साम कार्लोस, दीप कार्की, अबेका रिचर्ड, र रोश पहारीले पेनाल्टीमा गोल गरेका थिए।

मछिन्द्रको तर्फबाट समीरराज थोकर, दिवाकर चौधरी, सनिष श्रेष्ठ, ओमोलाजा नुरिन करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, र विमल घर्तिमगरले गोल गरे।

संकटाले उपाधिका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीको विजेतासँग खेल्ने छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मंगलवार हुनेछ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.