default_image

11 months ago

January 27, 2025

प्याराडाइज राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा

639 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

पुनरागमन जित निकाल्दै प्याराडाइज युथ क्लब मिन्नानो राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा सोमवार गैंडाकोट फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै प्याराडाइज अन्तिम चरणमा पुगेको हो।
त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा अग्रता भने गैंडाकोटले लिएको थियो । ४८ औं मिनेटमा समिर तामाङले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा राकेश चौधरीले बराबरी गोल गर्दैै प्याराडाइजलाई खेलमा फर्काएका थिए।

प्याराडाइजका कप्तान विवेक पौडेल प्लेयर अफ दि म्याच भए । प्याराडाइजले पनि सेमिफाइनलमा आबुँखैरेनीको सामना गर्नेछ । आबुँखैरेनी भरतपुर २४ लाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.