9 years ago
February 22, 2017
धरान (हाम्रो खेलकुद)– अनिल गुरुङको उच्च प्रदर्शनबाट प्रेरित सिएमजी क्लब संकटा धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । रुपन्देही ११ लाई २–१ ले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटाका लागि दुवै गोल अनिलले गरेका हुन् ।

अनिलले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलको निर्णायक बनेको थियो । त्यसअघि अनिलकै गोलमा संकटाले २३ औं मिनेटमा अग्रता लिएको थियो । ४३ औं मिनेटमा दीपक राईले बराबरी गोल गर्दै रुपन्देहीलाई खेलमा फर्काएका थिए । अनिल खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । संकटाले शनिबार आयोजक धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको विजेतासँग फाइनल खेल्नेछ ।
पछिल्लो दुई सातामा एक एक नकआउट उपाधि जितेका संकटा र रुपन्देहीले बुधबार एक अर्काविरुद्ध उत्रेका थिए ।
संकटाले त्रिभुवन आर्मीलाई हराउँदै माघ २९ गते रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको थियो । त्यसको ३ दिन पछि (फागुन ३) गते रुपन्देहीले रमपम चौथो उदयपुर गोल्डकप प्रतियोगिताको उपाधि उचालेको थियो । रुपन्देहीले मोफसलको अर्को टोली मोरङ फुटबल क्लबलाई हराएको थियो । संकटा उदयपुर गोल्डकपमा सेमिफाइनलमा रोकिएको थियो ।
जारी बुढा सुब्बामा संकटाले पहिलो खेलमा भारतको दुर्गापुर कोलकातालाई ३–२ ले हराएको थियो भने क्वार्टरफाइनलमा एपिएफलाई १–० ले निराश पारेको थियो । अर्काे तिर सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको रुपन्देहीलाई काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई टाइब्रेकरमा हराएर अन्तिम चारको यात्रा सुरक्षित गरेको थियो ।
बुढासुब्बा रेडबुल गोल्डकपमा बिहीबारको दोस्रो सेमिफाइनल
धरान फुटबल क्लब निलोविरुद्ध नेपाल पुलिस क्लब
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]