9 years ago
February 22, 2017
चितगोङ (हाम्रो खेलदकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ ले पराजित भएपछि प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले कप्तान अनिल गुरुङको हेड प्रहारमा बल बारमा लागेर फर्कनु नै खेलको टर्निङ प्वाइन्ट भएको बताएका छन् ।अनिलको प्रहार गोल हुन नसक्दा मनाङ १–० ले पछाडी थियो ।

‘पक्कै पनि अनिलको हेड गोल भएको भए खेल हाम्रो पक्षमा हुने थियो । त्यही नै पराजित हुनुको टर्निङ प्वाइन्ट बन्यो ,’ प्रशिक्षक गुरुङले भने, ‘तयारी राम्रै भएपनि शाहिनविरुद्धको खेलमा रक्षापक्तिमा केही समस्या भयो ।’ त्यसैले पराजित हुन पुग्यो ।’
शाहिनका खेलाडीहरु शारीरिक रुपमा बलियो रहेकाले आफ्ना खेलाडीले सोचेअनुरुप प्रदर्शन गर्न नसकेको प्रशिक्षण गुरुङलेब ताए । उनले हारको दोष रेफ्रीमाथि पनि पोखे । उनले थपे,‘ खेल २–१ को अवस्थामा हुदा रेफ्रीले गलत निर्णय लिएकोले पराजित हुन पर्यो ।’ शाहिनका लागि कप्तान अमिरुद्धिन सारिफीले ह्याट्रिक गरेका थिए भने मनाङका लागि बिमल बस्नेतले गोल फर्काएका थिए ।
दोस्रो खेलमा हारेपनि टोली सेमिफाइनल पुग्नेमा गुरुङ विश्वस्त देखिन्छन् । पहिलो हारसँगै मनाङले सेमिफाइनल प्रवेशका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले पराजित गरेको थियो ।
समूह बीको अर्को खेलमा आयोजक चितगोङ अवहानी लिमिटेड र मोहमडनले बराबरी खेलेपछि अघिल्लो चरण पुग्ने चारै टोलीको सम्भावना जीवत छ । अवहानी ४ अंकसहित शीर्षस्थानमा रहँदा ३ अंक जोडेका शाहिन दोस्रो र मनाङ तेस्रो स्थानमा छ । मोहमडनको १ अंक छ । समूह चरणको अन्तिममा मनाङको सामना गर्ने भने मोहमडन र शाहिनबीच प्रतिस्पर्धा हुनेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
फोटोहरु- दिल तामाङ/एनएसजेएफ



December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]