default_image

9 years ago

February 23, 2017

च्याम्पियन्स लिगमा युभेन्ट्स र सेभियाको जित

119 views

0 Bookmark

पोर्टो (एजेन्सी)– परिवर्तित मार्को प्याका र डानी आल्भेसले दोस्रो हाफमा गोल गरेपछि युभेन्ट्सले पहिलो लेगमा घरेलु टोलीलाई पोर्टोलाई २–० ले हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को अर्को खेलमा सेभियाले लेस्टरमाथि २–१ को जित हासिल गरेको छ ।

CL

७३ सेकेन्डको बीचमा एलेक्स टेलेसले लगातार पहेलो कार्ड पाएपछि घरेलु टोली पहिलो हाफमै १० खेलाडीमाा सिमित भएको थियो । युभेन्ट्सले त्यसको पुरा पुर फाइदा उठाउँदै २ अवे गोल गर्न सफल भयो ।

टेलेसले २५ औं र २७ औं मिनेटमा पहेलो कार्ड खाएपछि ६३ मिनेट पोर्टो १० खेलाडीमा सिमित हुँदै खेलेको थियो । युभेन्ट्ले दोस्रो हाफमा दुई मिनेटको फरकमा दुई गोल गर्दै अघिल्लो चरणको सम्भावनालाई मजबुद बनाएको छ । प्याकाले ७२ औं र अल्भेसले ७४ औं मिनेटमा अर्को गोल गरेका थिए ।

अर्को खेलमा २–० ले पछि परेको अवस्थाबाट लेस्टर १ अवे गोल फर्काउन सफल भएको थियो । जेमी भार्डीले ७३ औं मिनेटमा गोल फर्काएका थिए । खेलको १४ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेको सेभियाका लागि पाब्लो साराबियाले २५ औं र जाक्विन कोरियाले ६२ औं मिनेटमा गोल गरेका थिए । सुरुआतमै कोरिया पेनाल्टीमा गोल गर्नबाट भने चुकेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.