default_image

9 years ago

February 23, 2017

सुप्रिम र विनायक मध्यपुर अन्तर स्कुलको सेमिफाइनलमा

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सुप्रिम एकेडेमी र विनायक शिक्षा निकेतन दोस्रो मध्यपुर थिमी नगरपालिकाका कप अन्तर स्कुल फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । थिमी मैदानमा बुधबार सुप्रिमिले एभरेष्ट पब्लिक स्कुललाई ६–१ को फराकिलो अन्तरले हरायो भने अर्को खेलमा विनायकले आर्दश माविलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको थियो ।

mya

सुप्रिमका लागि सविन थापाले ४ र कृष्ण थापाले २ गोल गरेका थिए । एभरेष्टका लागि रमेश कार्कीले एक गोल फर्काएका थिए । विनायक र आदर्शको निर्धारित ७० मिनेटको खेल १–१ को बराबरी भएपछि निर्णय पेनाल्टी सुट आउटमा भएको थियो । निर्धारित समयमा आदर्शले लिएको अग्रता जोगाउन सकेन ।

दीपेन्द्र काफ्ले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि विनायकका रविन कुथुले ६८ मिनेटमा बराबरी गोल फर्काएका थिए । मध्यपुर युथ एसोसिएसनको आयोजना र मध्यपुर थिमी नगरपालिकाको प्रायोजनामा जारी प्रतियोगितामा बिहीबार सेमिफाइनल खेल हुनेछन् ।

madayapur

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.