default_image

9 years ago

February 23, 2017

आयोजक र पुलिस बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा भिड्दै

106 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– आयोजक धरान फुटबल क्लब निलो र नेपाल पुलिस क्लबबीच १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीबार प्रतिस्पर्धा हुँदैछ ।

jumanu Rai-Npc

फाइल फोटो

अहिले सम्म प्रतियोगिताको फाइनल पुग्न नसकेको आयोजकले यसपटक दुई टोली पहेलो र निलो उतारेको थियो । पहेलो जुनियर र निलो सिनियर टोली भएको बताइएको छ । यसपटक बुढा सुब्बामा पहिलो खेलमा धरान पहेलोलाई सडन डेथमा हराएको पुलिसले क्वार्टरफाइनलमा भारत सिलगुढीको कञ्चनजंगा एफसीलाई ३–२ ले पराजित गरेको थियो ।

धरान निलो पोखरा एफसीलार्य ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । आजको विजेताले शनिबार सिएमजी क्लब संकटाको सामना गर्नेछ । रुपन्देही ११ लाई २–१ ले हराउँदै संकटा उपाधि नजिक पुगेको थियो ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक प्रत्येकले ५ हजार रुपैयाँ पाउनेछन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.