10 months ago
February 10, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ खेलाडीले अर्को महिना काठमाडौंमा सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने भएका छन्।
उनीहरुले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट’ बी’लिग खेल्ने भएका हुन्। सहारा क्लब पोखरासोमबार कार्यक्रम गर्दै बिबिसीलाई खेलाडी हस्तान्तरण गरेको हो।
सहाराका अध्यक्ष बिबिसीका धन बहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे। योसँगै एकेडेमीका विशाल नेपाली, सन्तोष शाही, मुकुन्द कुमार निउरे, भागवत चौधरी, अभिषेक राना र अशोक रेग्मीले ‘बी’ लिग खेल्ने पक्का भएको हो।

विशाल र सन्तोष डिफेन्डर, मुकुन्द कुमार निउरे र भागवत मिडफिल्डर, अभिषेक फरवार्ड र अशोक गोलकिपर हुन् ।
खेलाडी दिएबापत बिबिसीले सहारालाई २ लाख रुपैयाँ दिने सम्झौता भएको छ। खेल दौरान खेलाडी घाइते भए त्यसको उपचार बिबिसीले बेहोर्ने बताइएको छ ।
कार्यक्रममा सहाराका उपाध्यक्ष पूर्ण बहादुर गुरुङले खेलाडीले बि डिभिजन लिग खेल्नु ठूलो विषय भएको र यसले खेलाडी उत्पादनमा आफूहरुलाई थप हौसला मिल्ने बताए।

अखिल नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एकेडेमीले उत्पादन गरेको खेलाडीले लिग खेल्न पाउनु खुसीको कुरा भएकोले भविष्यमा पनि खेलाडी उत्पादन गर्न शुभकामना दिए। बी डिभिजन लिग फागुन २५ गते सुरु हुँदैछ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]