10 months ago
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ।
अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो।
आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे।
प्लेयर अफ दि म्याच विजयी टोलीका पारस मिजारलाई आयोजक विद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भुपेन्द्र के.सी.लेट्रफी प्रदान गरे। योसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ।
आयोजक ‘बी’, कीर्तिपुरको जनसेवा सेकेण्डरी स्कुल, कोहलपुरको नेपाल एपीएफ स्कुल, सल्लाघारीको सैनिक आवासीय महाविद्यालय, कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल,साँगाको नेपाल पुलिस स्कुल, मातातिर्थको ब्राईट होराइजन चिल्ड्रेन्स होम यसअघि नै क्वाटरफाइनल पुगिसकेका छन्।
प्रतियोगितामा बिहीवार ब्राइट होराइजन र ग्रिन भिलेज तथा जनसेवा र सैनिकबिच क्वाटरफाइनल खेल हुनेछ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]