default_image

9 years ago

February 23, 2017

जेनिथ र विनायक मध्यपुर कपको फाइनलमा

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जेनिथ एकेडेमी र विनायक शिक्षा निकेतन दोस्रो अन्तरस्कुल मध्यपुर थिमी नगरपालिका कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छन् । थिमी मैदानमा बिहीबार जेनिथले नवरत्न स्कुल र विनायकले सुप्रिम एकेडेमी लाई समान २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए ।

mya-jpg1

रोधन गुरुङको निर्णायक गोलमा जेनिथ विजयी भएके थियो । सुनिल तिमल्सिनाले १८ औं मिनेटमा गोल गर्दै जेनिथलाई अग्रता दिलाएपनि नवरत्नका राज प्रजापतिले ३१ औं मिनेटमा बराबरी गोल गरेका थिए । रोधनले ६० औं मिनेटमा गरेको गोल निर्णाय बनेको थियो । जेनिथका सुनिल खेलको म्यान अफ दी म्याच बने ।

अर्को खेलमा सुप्रिमका लागि रिकेश थापाले पहिलो मिनेटमा गोल गरेपनि टोलीले अग्रता जोगाउन सकेन । तेस्रो मिनेटमै सुनिल योञ्जनले विनायकका लागि बराबरी गोल फर्काए । २३ औं मिनेटमा रामकुमार बुढाथोकीले गरेको गोल विनायकका लागि निर्णायक बन्यो । रामकुमार खेलको म्यान अफ दी म्याच बने ।

मध्यपुर युथ एसोसिएनको आयोजना र मध्यपुर थिमी नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ३० र दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । mya-2

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.