10 months ago
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपिएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्समा आइतवार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपिएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले यसै महिनाको सुरुमा पोखरामा भएको २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा एपिएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो टोली पक्षमा पारे ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता छ । प्रतियोगिताको दोस्रो दिन सोमवार दुई खेल हुनेछ ।
पहिलो खेल साढे ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिष्पर्धा हुने छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]