default_image

10 months ago

February 26, 2025

नेपाल‌ र म्यानमारबिच ६ वर्षमा दोस्रो फाइनल

1866 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र म्यानमार ६ वर्षपछि महिला फुटबलमा फाइनल खेल्दैछन्।

दशरथ रंगशालामा फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले एकअर्काको सामना गर्दैछन्‌। खेल साँझ ६ बजे सुरु हुनेछ।

सन् २०१९ को फेब्रुअरीमा नै यि दुई‌ टोलीले भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपको‌ फाइनल खेलेका थिए। त्यति बेला ओलम्पिक छनोटको तयारीका लागि भारतको फुटबल महासंघले हिरो कपको आयोजना गरेको थियो।

नेपाल र म्यानमारबिच त्यति बेला पनि फाइनल र लिग गरि २ वटा खेल‌ भएको थियो। नेपाल फाइनलमा ३-१ र लिगमा ३-० ले पराजित भएको थियो। फाइनलमा नेपालका लागि एक मात्र गोल मन्जलीकुमारी योन्जनले गरेकी थिइन्।

नेपालले अहिले सम्मका म्यानमारसँगको ५ भेटमा हराउन सकेको छैन। नेपालले म्यानमारसँग २०१८ओलम्पिक छनोटमा १-१ को बराबरी खेलेको थियो। हिरो कप पछिको ओलम्पिक छनोटको अर्को खेलमा ३-१ को हार बेहोरेको थियो।

त्यसयताको पहिलो भेटमा आइतवार दशरथ रंगशालामा नेपालले म्यानमारलाई २-२ मा रोकेको थियो। ५ खेलमा १२ गोलको सामना गर्दा नेपालले ५ गोल गरेको छ। पछिल्लो भेटमा मात्र नेपाल एउटा खेलमा २ गोल गर्न सफल‌ भएको थियो।

हिरो कपमा नेपाल, म्यानमार, आयोजक भारत र इरानले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेलेका थिए। त्यति बेला नेपालले पहिलो पटक भारतलाई २-१ ले हराउँदा दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन्।

फोर नेसन्समा यसपटक कीर्गिस्तान र लेबनान सहभागी थिए। यसै वर्ष जुन जुलाईमा हुने एएफसी उमन्स एसिया कप‌ छनोटका लागि यो फोर नेसन्सलाई तयारीका रुपमा हेरिएको छ।

इन्टरनेसनल ब्रेकमा आयोजित यो मौका लाई सदुपयोग गर्न सके नेपालले यसअघि सबै खाले प्रतियोगिताका १२ वटा फाइनलमा बेहोरेको हारमा थोरै मल्हमको काम गर्नेछ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.