default_image

9 years ago

February 25, 2017

कतारमा पूर्व राष्ट्रिय खेलाडी शिव र अर्जुनको ह्याट्रिक

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य समेत सम्मिलित फुटबल टोलीले पाँचौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको पहिलो खेलमा जापानी खेलाडी सम्मिलित टोलीलाई १०–० ले हराएको छ ।

doha
पूर्व राष्ट्रिय एवंम् लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीका खेलाडी शिव श्रेष्ठ र एपिएफका पूर्व खेलाडी अर्जुन सुब्बाले ह्याट्रिक गरेको खेलमा मनाङका पूर्व खेलाडी अमिर श्रेष्ठ र गणेश खड्काले पनि गोल गरे । गणेशले २ गोल तथा अमरि र अनिल धिमालले समान १ गोल गरे ।

चौथो मिनेटमा अमिरको पासमा अर्जुनले गोल गरे भने त्यसको एक मिनटे नवित्दै शिवले सुदेश श्रेष्ठको पासमा गोल गरे । सातौं मिनेटमा अर्जुनले अर्को गोल गरे । त्यो गोलमा शिवको पास थियो । एकतर्फी खेलको नवौं मिनेटमा अनिलले गोल गरे । १६ औं मिनेटमा शिवले अर्को गोल थपे भने गणेशले २५ औं मिनेटमा गोल गर्दा नेपाली टोली पहिलो हाफमा ६–० ले अगाडी रह्यो ।

६० मिनेटको खेलको ३३ औं मिनेटमा अर्जुनले अर्को गोल थप्दै ह्याट्रिक पुरा गरे । शिवले ३४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ३९ मिनेटमा कप्तान समेत रहेका अमिरले गोल गरे भने खेल सकिन दुई मिनेट बाँकी रहँदा गणेशले अर्को गोल गरे ।

खेलमा कतारमा रहेको नेपाली दुतावासका द्धितिय सचिव हरिप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । दोहामा सञ्चालित आप्रवासी खेलमा वैदेशिक रोजगारीमा आएका १२ देश खेलाडी सम्मिलित टोलीको सहभागिता छ । नेपाली टोलीले मार्च आठमा मलेसियाका खेलाडी सम्मितिल टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

doha-1

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.