default_image

9 months ago

March 11, 2025

उत्कृष्ट कमब्याकमा श्री भगवती विजयी

652 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिग अन्तर्गत श्री भगवती क्लब टोखाले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई उत्कृष्ट कमब्याक गर्दै ३-१ ले हराएको छ ।

सातदोबाटो स्थिति एन्फा कम्पलेक्समा मंगलबार पहिलो हाफमै १० खेलाडीमा सिमित रहेको आरसीटीले खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ३३ औं मिनेटमा कप्तान समिर राईले विपक्षी कप्तान उर्केन शेर्पामाथि हात उठाएपछि आरिसिटी १० खेलाडीमा सिमित भएको थियो । कम खेलाडी हुनका बाबजुद ३६ औं मिनेटमा निखिल तामाङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाए ।

श्री भगवतीको लागि भने दोस्रो हाफ सुखद रहयो । ५४ औं मिनेटमा विक्रान्त नरसिंह रानाले बराबरी गोल गरे । यसपछि ७७ औं मिनेटमा शिशिर लेखिको प्रहार डिफेन्डर अमर श्रेष्ठलाई लाग्दै गोलमा परिणत भएपछि टोखाले अग्रता लियो । खेलको अन्तिम मिनेटमा विशाल विक्रम शिलवालले जित पक्का गरे। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो ।

यससँगै श्री भगवती ३-१ को जितका साथ विजयी सुरूवात गर्न सफल भयो । लिग अन्तर्गत भोलि नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन तथा बाँसबारी क्लब सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको विजेता टोलीले नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद १० लाख पुरस्कार प्रदान गरिनेछ । त्यस्तै तेस्रो हुने टोलीले रु ५ लाख हात पार्नेछ । फेयर प्ले टिमलाई रु १ लाख, उत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५० हजार प्रदान गरिनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.