9 years ago
February 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – जेनिथ एकेडेमीले दोस्रो अन्तरस्कुल मध्यपुर थिमी नगरपालिका कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । थिमी मैदानमा शनिबार भएको फाइनलमा विनायक शिक्षा निकेतलाई १–० ले हराउँदै उपाधि जितेको हो ।

सुशील तिमल्सिनाले ३५ औं मिनेटमा गरेको गोल नै जेनिथलाई उपाधि दिलाउन पर्याप्त रह्यो । सुशील नै फाइनलको म्यान अफ दी म्याच घोषित भए ।
मध्यपुर युथ एसोसिएनको आयोजना र मध्यपुर थिमी नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता जेनिथले उपाधिसहित ३० र विनायकले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।
विनायकका सुनिल योञ्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिाए । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर सुप्रिमका रिकेश थापा, उत्कृष्ट रक्षक विनायकका सञ्जय प्रजापति र उत्कृष्ट स्ट्राइकर जेनिथका सुशील तिमल्सिना चुनिए । प्रतियोगितामा मध्यपुरका २० स्कुलको सहभागिता थियो ।



December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]