9 years ago
February 26, 2017
बुटवल (हाम्रो खेलकुद)– तिलोत्तमा गोल्डकप अन्तर्गत दोस्रो सेमिफाइनलमा आयोजक अग्नी रुपन्देही ११ र धरान एफसीबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । खेल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ । रुपन्देही र धरान दुवै गत साता १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा रोकिएका टोली हुन् ।

फाइल फोटो
बुढासुब्बाको सेमिफाइनलमा रुपन्देही सिएमजी क्लब संकटासँग २–१ र धरान नेपाल पुलिससँग ३–१ ले पराजित भएको थियो ।
शनिबार संकटालाई सडन डेथमा हराउँदै पुलिसले बर्षको पहिलो उपाधिका रुपमा बुढासुब्बा जितेको थियो । रुपन्हेदीले धरान जानुअघि रमपम चौथो उदयपुर गोल्डकपको उपाधि जितेको थियो । धरानले भने यो सिजन कुनै फाइनल खेलेको छैन ।
झापा ११ लाई हराउँदै हिमालयन शेर्पा शनिबार प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । तिलोत्तमाको विजेताले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]