9 years ago
February 26, 2017
सिमरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणबाट १५ लाख रुपैयाँ बढी बचत भएको छ । आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिताबाट १५ लाख ४० हजार बचत भएको जानकारी दिएको छ ।

प्रतियोगिता आयोजना गर्नका लागि संकलित ५५ लाख ५७ हजारबाट ४० लाख १६ हजार खर्च भएको विवरण क्लबले सार्वजनिक गरेको छ । क्लबले टिम ब्यवस्थापनका लागि २१ लख ५६ हजार, मैदान मर्मतमा तीन लाख ८३ हजार, प्रचारमा तीन लाख खर्च गरेको जनाएको छ ।
प्रतियोगितामा टिकटबाट ७ लाख रुपैयाँ संकलन गरेको क्लबका अध्यक्ष कासिम मियाले बताए । जिल्लाकै उत्सवको रुपमा रहेको प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष मियाले बचत रकम फूटवलको बिकासमा खर्च गरिने बताए ।
‘बचत रकम विगतमा जस्तै फूटवलको बिकासमा खर्च गर्नेछौ’ मियाले भने ‘क्लबाबाट सञ्चालित सिमरा एकेडेमीबाट खेलाडी उत्पादन गर्नुनै हाम्रो मुख्य उदेश्य हो ।’ क्लबले टिकटबाट संकलित रकमको ५ प्रतिशत रकम वातावरण संरक्षणका लागि सहयोग गरेको छ । स्थानिय थानीमाई सामुदायिक बन उपभोक्ता समितिलाई ३७ हजार ९ सयको चेक हस्तान्तरण गरिएको थियो ।
माघ २० गतेदेखी २९ गतेसम्म आयोजना गरिएको प्रतियोगिताको उपाधि सिएमजी क्ल्ब संकटाले जितेको थियो । विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै संकटा विजयी भएको थियो । संकटाले उपाधिसहित ५ लाख ५१ हजार र आर्मीले भने २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको थियो । जनजागृति युवा क्लबले ब्यवसायिक भवन निर्माण गर्ने लक्ष्य लिएको क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]