9 months ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर पुग्नेछ ।
नवनियुक्त प्रशिक्षक म्याट रोसको लागि सिंगापुर विरूद्धको मैत्रिपूर्ण खेल पहिलो जिम्मेवारी हुनेछ। नेपालले चैत्र ८ गते सिंगापुर विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्नेछ। लगत्तै १२ गते एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियसँग खेल्ने तालिका रहेको छ।
यी दुई खेलको लागि उनले १३ दिनको समय नेपाली टिमसँग प्रशिक्षणमा बिताए। उनले खेलाडीको प्रतिभा र उनीहरूको व्यवहार उत्कृष्ट रहेको बताए।

पहिलो जिम्मेवारीलाई प्रशिक्षक रोसले दबाब भएपनि त्यसलाई हावी हुन नदिएको बताए । उनले दबाबसँगै उत्साही रहेको भन्दै सकारात्मक नतिजाको अपेक्षा गर्न सक्ने बताए। साथै उनले यो पटक नेपालले साफ च्याम्पियनसीप जित्नेमा विश्वस्त रहेको पनि जिकिर गरे ।
उनले यो पटक तीन नयाँ खेलाडी गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी सहित राष्ट्रिय टिम निर्माण गरेका छन्।
कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षकको शैलीमा खासै परिवर्तन नभए पनि टिममा आएको फरक आगामी खेलमा देख्न पाइने बताए। मलेसियासँगको खेल नेपालमा हुनुपर्ने हो। तर दशरथ रङ्गशालाको स्तरको कारण खेल मलेसियामा हुन लागेको हो ।
किरणले दशरथ रङ्गशालामा खेल्न नपाउँदा दुख लागेको पनि बताए । उनले प्रधानमन्त्री केपाी शर्मा ओली समक्ष समेत दशरथ रङ्गशालामा खेल्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए ।
नेपालले अफगानिस्तानसँग पछिल्लो पटक मैत्रिपुर्ण खेल खेलेको थियो। जहाँ नेपाल २-० को जित निकाल्न सफल भएको थियो।
एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।
नेपाली टिम
गोलरक्षक: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डर: अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर: रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान
स्ट्राइकर: जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]