9 months ago
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर पुग्नेछ ।
नवनियुक्त प्रशिक्षक म्याट रोसको लागि सिंगापुर विरूद्धको मैत्रिपूर्ण खेल पहिलो जिम्मेवारी हुनेछ। नेपालले चैत्र ८ गते सिंगापुर विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्नेछ। लगत्तै १२ गते एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियसँग खेल्ने तालिका रहेको छ।
यी दुई खेलको लागि उनले १३ दिनको समय नेपाली टिमसँग प्रशिक्षणमा बिताए। उनले खेलाडीको प्रतिभा र उनीहरूको व्यवहार उत्कृष्ट रहेको बताए।

पहिलो जिम्मेवारीलाई प्रशिक्षक रोसले दबाब भएपनि त्यसलाई हावी हुन नदिएको बताए । उनले दबाबसँगै उत्साही रहेको भन्दै सकारात्मक नतिजाको अपेक्षा गर्न सक्ने बताए। साथै उनले यो पटक नेपालले साफ च्याम्पियनसीप जित्नेमा विश्वस्त रहेको पनि जिकिर गरे ।
उनले यो पटक तीन नयाँ खेलाडी गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी सहित राष्ट्रिय टिम निर्माण गरेका छन्।
कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षकको शैलीमा खासै परिवर्तन नभए पनि टिममा आएको फरक आगामी खेलमा देख्न पाइने बताए। मलेसियासँगको खेल नेपालमा हुनुपर्ने हो। तर दशरथ रङ्गशालाको स्तरको कारण खेल मलेसियामा हुन लागेको हो ।
किरणले दशरथ रङ्गशालामा खेल्न नपाउँदा दुख लागेको पनि बताए । उनले प्रधानमन्त्री केपाी शर्मा ओली समक्ष समेत दशरथ रङ्गशालामा खेल्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए ।
नेपालले अफगानिस्तानसँग पछिल्लो पटक मैत्रिपुर्ण खेल खेलेको थियो। जहाँ नेपाल २-० को जित निकाल्न सफल भएको थियो।
एएफसी एसियन कप छनोटमा नेपाल ग्रुफ ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।
नेपाली टिम
गोलरक्षक: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
डिफेन्डर: अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर: रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक बिस्ट, मनिष डाँगी, कृतिश रत्न छुन्जु, आयुष घलान
स्ट्राइकर: जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, सुवास बम ठकुरी, रेजिन सुब्बा
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]