9 years ago
February 26, 2017
दिपक न्यौपाने
बुटवल– आयोजक अग्नी रुपन्देही ११ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दोस्रो क्वार्टरफाइनलमा आइतबार धरान एफसीलाई २–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए ।

फोटो: मनोज थापा
अजय विकको निर्णायक गोलमा रमपम उदयपुर गोल्डकपको विजेता रुपन्देहीले सफलता प्राप्त गरेको थियो । खेलको ३७ औं मिनेटमा अजयले झन्डै २० यार्डबाट फ्रिकिकमार्फत सेकेन्डबारमा सानदार गोल गरेका थिए । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा त्यसअघि ११ औं मिनेटमा लक्ष्मण रुचालको गोलबाट रुपन्देहीले अग्रता बनाएको थियो । लक्ष्मणले एकल प्रयासमा गोल गरेका थिए ।
तर ३० औं मिनेटमा कालु थापाले आत्मघाती गोल गर्दै खेल १–१ को बराबरीमा पुगेको थियो । कालुले गोलकिपर दीलिप क्षेत्रीले ब्याकपास दिदा आत्मघाती गोल हुन पुगेको थियो । बराबरीको ७ मिनेटपछि नै अजयले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो ।
दोस्रो हाफमा रुपन्देहीले गोलअन्तर बढाउने मौका पाएको थियो, तर सफल हुन सकेन। स्ट्राइर दीपक राईले मात्र गोल गर्ने तीन वटा अवसर चुकाएका थिए । धरानका तीर्थ बस्नेतले पनि गोलको अवसर खेल फालेका थिए। रुपन्देहीले त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । रुपन्देहीका लक्ष्मण खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।
झापा ११ लाई हराउँदै हिमालयन शेर्पा शनिबार प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । तिलोत्तमाको विजेताले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
तिलोत्तमा गोल्डकपमा सोमबारको क्वार्टरफाइनल
सिएमजी क्लब संकटाविरुद्ध एपिएफ
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]