default_image

9 months ago

March 21, 2025

जापान विश्वकप पुग्ने पहिलो टोली

1541 views

0 Bookmark

एजेन्सी – जापान विश्वकप फुटबल २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ ।

बिहीवार भएको एसिया–विश्वकप छनोट खेलमा बहराइनलाई २-० ले पराजित गरेसँगै जापानको विश्वकप यात्रा पक्का भएको‌हो । जापानले समूह ‘सी’ बाट ३ खेल खेल्नु अघि नै विश्वकपमा स्थान सुरक्षित गरेको छ । 

६० हजार दर्शकका माझ घरेलु मैदानमा जापानलाई हित दिलाउन का ल दाइची कामादा र रियल ताकेफुसा कुबोले गोल गरे ।

समूह सीका अन्य खेलमा साउदी अरेबियाले चीनलाई १-० ले र अस्ट्रेलियाले इन्डोनेसियालाई ५-१ ले पराजित गर्यो।

शीर्ष स्थानको जापानको १९ र दोस्रो स्थानको अस्ट्रेलियाको १० अंक छ । त्यस्तै तेस्रो स्थानको साउदी अरेबियाको ९ तथा इन्डोनेसिया, बहराइन र चीनको समान ६ अंक छ।

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.