default_image

9 years ago

February 26, 2017

आहा रारा गोल्ड कप विशेष बम्पर पुरस्कार पोखरेललाई

122 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – रेडियो बाराहीले सञ्चालन गरेको आहा रारा गोल्डकप विशेष कार्यक्रमका बम्पर पुरस्कारका विजेतालाई आइतबार पुरस्कृत गरिएको छ । घाचोक–२ का विष्णु पोखरेलले उक्त कार्यक्रममा भाग्यमानि श्रोताका रुपमा बम्पर पुरस्कार जितेका थिए । पोखरेलले १० हजार रुपैयाँ प्राप्त गरे ।

pokhara-aaha
रेडियो बाराहीमा आइतबार आयोजित कार्यक्रमा प्रायोजक मुक्तिनाथ विकास बैकका पोखराका प्रमुख बाबुराम ढकाल, रेडियोका कार्यकारी निर्देशक रमेश पौडेल, स्टेनम म्यानेजर गोविन्द सुबेदी, खेलकुद कार्यक्रम संयोजक विनोद लामिछाने, मुक्तिनाथ विकास बैंकका कम्पनी सचिव दण्डपानी ढकाल लगायतले विजेता पोखरेललाई पुरस्कृत गरे ।
मुक्तिनाथका प्रमुख ढकालले रेडियो बाराहीको आग्रह तथा खेलकुद कार्यक्रमको प्रोत्साहनका लागि सहयोग गरेको बताए । रेडियोका कार्यकारी निर्देशक पौडेलले रेडियोले समयको माग अनुसार सान्दर्भिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रम प्रस्तोता विनोद लामिछानेले कार्यक्रममा कार्यक्रममा प्राप्त एसएमएसमध्ये ८ हजार ६ सय ६४ विजेता श्रोताबाट एकजना भाग्यमानी श्रोतालाई गोलाप्रथामा छनोट गरिएको बताए ।
कार्यक्रममा कूल १८ हजार एसएमएस भोट प्राप्त भएको पनि लामिछानेले बताइएको छ । माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.